दफा ९१
झुठ्ठा प्रमाण वा प्रमाण पत्र प्रयोग गर्न नहुने

(१) कसैले कुनै प्रमाण वा प्रमाणपत्र झुठ्ठा हो भन्ने जानीजानी त्यस्तो प्रमाण वा प्रमाणपत्रलाई साँचोे प्रमाणवा प्रमाणपत्रको रुपमा प्रयोग गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।